LIVE RATE BOARD
NEPSE:2,528.16-19.44 (-0.76%)
USD/NPR:रु. 134.82 / 135.42
91D T-Bill:3.14%-0.05
CD Ratio:71.28%(Max 90%)
Interbank:2.75%
Total Deposits:रु. 7372 अर्ब
Loading Sponsor Unit...
English Dispatch: Translated from primary-source Nepali reporting (अर्थ अड्डा अनुसन्धान ब्यूरो).नेपाली मूल समाचार हेर्नुहोस् →
घटनाक्रमLive Timeline Tracker•November 6, 2026

अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

झापा । झापाको अर्जुनधारा जलेश्वरधाममा आयोजना हुने ४४औँ वार्षिक अनुष्ठानका अवसरमा धार्मिक गतिविधिसँगै युवालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले मङ्सिर ९ गते मिनी म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ। आगामी मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको अवसरमा आयोजना गरिने मिनी म्याराथनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। मिनी म्याराथन आयोजक समितिका संयोजक मिलन बस्नेतका […]

Namita Dulal
Namita Dulal
Data & Economic Intelligence Bureau
Est. Read: 4 min|Primary Source Verified
अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान
Photo: Artha Adda Archivesघटनाक्रम

Event Chronology & Live Tracker

CHRONOLOGY0 Milestones

Milestones and chronological updates are recorded in the primary dossier above.

Source: Artha Adda Chronology BureauContinuously Updated

झापा । झापाको अर्जुनधारा जलेश्वरधाममा आयोजना हुने ४४औँ वार्षिक अनुष्ठानका अवसरमा धार्मिक गतिविधिसँगै युवालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले मङ्सिर ९ गते मिनी म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।

आगामी मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको अवसरमा आयोजना गरिने मिनी म्याराथनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

मिनी म्याराथन आयोजक समितिका संयोजक मिलन बस्नेतका अनुसार प्रतियोगिता अर्जुनधारा जलेश्वरधामबाट सुरु भई शनिश्चरे खानेपानी, सालबारी झिल र अर्जुनधाराका विभिन्न शाखा सडक हुँदै पुनः पिपलचोकमा पुगेर समापन गर्ने तयारी गरिएको छ। प्रतियोगिताको रुट, प्राविधिक पक्ष तथा व्यवस्थापकीय तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

धामका पीठाधीश पं. अग्निप्रसाद सिग्देलले अर्जुनधारा जलेश्वरधामको धार्मिक तथा पर्यटकीय महत्त्वको प्रचारप्रसार गर्नुका साथै स्थानीय युवालाई खेलकुद गतिविधिमा जोड्ने उद्देश्यले मिनी म्याराथन आयोजना गर्न लागिएको बताउनुभयो।

उहाँका अनुसार धार्मिक अनुष्ठानलाई पूजा, पाठ र प्रवचनमा मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिसँग जोडेर समुदायको सहभागिता बढाउने योजना बनाइएको छ।

‘पूर्वको पशुपतिनाथ’का रूपमा परिचित अर्जुनधारा जलेश्वरधाममा मंसिर १४ गते बिहान ११ बजे कलश यात्रासहित नगर परिक्रमा गरेर वार्षिक अनुष्ठान सुरु हुनेछ। बाला चतुर्दशीका दिन सतबिज रोपण तथा पूर्णाहुतिसहित अनुष्ठान समापन गरिने धाम समितिले जनाएको छ।

अनुष्ठान अवधिभर दैनिक मण्डप पूजा, श्रीमद्भागवत कथा प्रवचन, महाआरती, भजनकीर्तन तथा लाखबत्ती प्रज्वलनलगायत धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्। सिक्किमको मङ्गलधामका भागवत भास्कर गुरुजी १००८ प्रमोद सुधाकर महाराजजीले कथा वाचन गर्नुहुने कार्यक्रम रहेको छ।

धाम समितिका अध्यक्ष नवीन गट्टानीले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको धामको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले अनुष्ठानलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको बताउनुभयो।

आठ दिनसम्म सञ्चालन हुने अनुष्ठानका लागि ५५ लाख २० हजार रुपैयाँ आम्दानी र ३९ लाख ३५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमबाट १५ लाख ८५ हजार रुपैयाँ बचत हुने अनुमान समितिले गरेको छ।

अनुष्ठान व्यवस्थापनका लागि कार्यालय सञ्चालन, पण्डाल, विद्युत्, आवास, प्राथमिक स्वास्थ्य उपचार, सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायतका २४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको प्रचार विभाग प्रमुख एवं अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश राईले बताए ।

Loading Sponsor Unit...
SOURCE & TRANSPARENCY NOTE

All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.

Related Dispatches

घटनाक्रम

युवालाई स्वदेशमै उद्यमी बनाउन ‘स्टार्टअप नेपाल समिट–२०२६’ पोखराबाट सुरु

पोखरा । युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ । ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । […]

Read Dispatch →Nov 6
समष्टि अर्थतन्त्र

विपद्ले २.८ अर्ब डलरको क्षति, पुनर्निर्माणमा ५ अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन् । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग विपद्पछिका कामको प्रगति विवरणबारे जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् […]

Read Dispatch →Nov 6
पुँजी बजार

१०० रुपैयाँ अंकित मूल्यमा आशुतोष इनर्जीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ। बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ लाख कित्ता साधारण शेयर निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्ने स्वीकृति प्रदान गरेको हो। कम्पनीले आईपीओमार्फत कुल १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ।आशुतोष […]

Read Dispatch →Nov 6