एआई, उद्यमशीलता र रोजगारी बढाउने संकल्पसहित पाँचौँ युवा उद्यमशीलता सम्मेलन सम्पन्न
काठमाडौं। एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रूपान्तरणको आधार बनाउने संकल्पसहित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौँ संस्करण सम्पन्न भएको छ ।नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको […]

Event Chronology & Live Tracker
Milestones and chronological updates are recorded in the primary dossier above.
काठमाडौं। एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रूपान्तरणको आधार बनाउने संकल्पसहित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौँ संस्करण सम्पन्न भएको छ ।नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको थियो ।
सम्मेलनमा करिब ४०० उद्यमी, युवा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, निजी क्षेत्र, प्रविधि क्षेत्र तथा नीतिनिर्माणसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले युवा उद्यमशीलताको प्रवर्द्धन, प्रविधिको उपयोग, लगानी विस्तार र उद्यममैत्री वातावरण निर्माणमा जोड दिएका थिए ।
सम्मेलनमा एआई तथा डिजिटल अर्थतन्त्रमा युवाको भूमिका उजागर गर्नुका साथै युवा उद्यमीको वित्तीय पहुँच विस्तार, सीप विकास र रोजगारीबीचको सम्बन्ध तथा सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीचको सहकार्यको महत्त्वबारे छलफल भएको थियो ।
एनबीआईका कार्यकारी अध्यक्ष तथा सम्मेलनका प्रमुख विशाल गैरेले युवालाई उद्यमशीलतामार्फत आर्थिक रूपान्तरणमा जोड्न प्रविधि, लगानी र रोजगारीका अवसर विस्तार गर्नुपर्ने बताए ।
त्यस्तै, सीबीफिनका अध्यक्ष राजेश उपाध्यायले युवालाई सीप, पुँजी, प्रविधि र बजारसँग जोड्दै उद्यमशीलता तथा रोजगारी सिर्जनामार्फत नेपालको अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । सरकार, वित्तीय संस्था र युवा उद्यमीको सामूहिक प्रयासबाट मात्रै उद्यमशीलताका लागि अनुकूल वातावरण निर्माण गर्न सकिने उनको भनाइ थियो ।
सम्मेलनमा नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, योजना आयोगका सदस्य डा. सुदन झा, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा उद्यमीहरूले विभिन्न सत्रमा धारणा राखेका थिए ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, वरिष्ठ उद्यमी पवन गोल्यान, वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल, एफवानसफ्टका सहसंस्थापक सुवास शर्मा, नाडाका पूर्वअध्यक्ष करण चौधरी, नेपाल एआई एसोसिएसनका अध्यक्ष शैलेन्द्रराज गिरी तथा शिक्षाविद् र प्रविधि क्षेत्रका विज्ञहरूको पनि सहभागिता रहेको थियो ।
‘नेक्स्टजेन नेपाल : एआई, उद्यमशीलता र भविष्यका लागि रोजगारी’ नारासहित आयोजना गरिएको सम्मेलनले युवाको क्षमतालाई उत्पादन, नवप्रवर्तन र रोजगारीमा रूपान्तरण गर्दै आत्मनिर्भर तथा समृद्ध नेपाल निर्माणका लागि सहकार्य आवश्यक रहेको सन्देश दिएको छ ।
All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.