करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेता घोषणा गरिएको हो। विभागका अनुसार बम्पर उपहारतर्फ १० लाख रुपैयाँका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ। त्यस्तै, दैनिक उपहारतर्फ १५ जना […]

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेता घोषणा गरिएको हो।
विभागका अनुसार बम्पर उपहारतर्फ १० लाख रुपैयाँका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ। त्यस्तै, दैनिक उपहारतर्फ १५ जना विजेता छनोट भएका छन्। उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्ने छन्।
उपभोक्ताले खरिद गरेको बिलमा रहेको विवरण सम्बन्धित प्रणालीमा दर्ता गरेपछि उपहार योजनामा सहभागी हुन पाइने छ । सरकारले बिल लिने र त्यसलाई प्रणालीमा दर्ता गर्ने बानीको विकास गर्ने र कर प्रणालीमा सर्वसाधारणको सहभागिता बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।
All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.