LIVE RATE BOARD
NEPSE:2,528.16-19.44 (-0.76%)
USD/NPR:रु. 134.82 / 135.42
91D T-Bill:3.14%-0.05
CD Ratio:71.28%(Max 90%)
Interbank:2.75%
Total Deposits:रु. 7372 अर्ब
Loading Sponsor Unit...
English Dispatch: Translated from primary-source Nepali reporting (अर्थ अड्डा अनुसन्धान ब्यूरो).नेपाली मूल समाचार हेर्नुहोस् →
घटनाक्रमLive Timeline Tracker•October 11, 2026

नगरकोटमा चारदिने ‘चङ्गा चेट’, लाइभ म्युजिकदेखि हिटेड स्विमिङसम्मका आकर्षण

काठमाडौं। दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो। नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि दसैँको अवसरमा चङ्गा उडाउने तथा सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। यही परम्परालाई […]

Namita Dulal
Namita Dulal
Data & Economic Intelligence Bureau
Est. Read: 4 min|Primary Source Verified
नगरकोटमा चारदिने ‘चङ्गा चेट’, लाइभ म्युजिकदेखि हिटेड स्विमिङसम्मका आकर्षण
Photo: Artha Adda Archivesघटनाक्रम

Event Chronology & Live Tracker

CHRONOLOGY0 Milestones

Milestones and chronological updates are recorded in the primary dossier above.

Source: Artha Adda Chronology BureauContinuously Updated

काठमाडौं। दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो।

नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि दसैँको अवसरमा चङ्गा उडाउने तथा सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। यही परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने र नेपाली संस्कृति, पारिवारिक जमघट तथा सामूहिक उत्सवलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा विदेशी पर्यटकका लागि समेत विशेष आकर्षण रहनेछ। 

चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक तथा नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्टाण्ड अप कमेडीलगायत मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। सहभागीहरूले दसैँ विशेष खानपानका साथै हिटेड स्विमिङ पुल र ज्याकुजीको सुविधा पनि लिन सक्नेछन्। काठमाडौं उपत्यकाबाट नगरकोट आउने सहभागीका लागि अतिरिक्त शुल्कमा यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।

नगरकोटका पर्यटन व्यवसायी तथा माउन्टेन भिस्टा रिट्रिटका सञ्चालक अर्जुन सिंह ठकुरीले ‘चङ्गा चेट’लाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने अवसरका रूपमा लिइएको बताए। “नगरकोटमा दुई दशकदेखि चङ्गा चेट हुँदै आएको हो। बीचमा रोकिएको थियो, तर यस वर्षदेखि पुनः ‘यसपालिको दसैँ… आकाशमा चङ्गा, मनमा उमङ्ग!’ भन्ने नारासहित आयोजना गर्न लागेका छौँ,” ठकुरीले भने। उनले यो कार्यम्रलाई सामान्य रुपमा नभएर ठूलै महोत्सवको रुपमा अगाडी बढाउने योजना रहेको बताए। 

कार्यक्रममा पूर्वमिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ। मनोरञ्जन, साहित्य, स्वास्थ्य, शिक्षा तथा कर्पोरेट क्षेत्रका व्यक्तित्वसँगै परिवार र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। नगरकोटका पर्यटन व्यवशायीहरूले चारदिने कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति रहने बताएका छन् ।

Loading Sponsor Unit...
SOURCE & TRANSPARENCY NOTE

All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.

Related Dispatches

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

Read Dispatch →Oct 23
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

Read Dispatch →Oct 15
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

Read Dispatch →Oct 15