LIVE RATE BOARD
NEPSE:2,528.16-19.44 (-0.76%)
USD/NPR:रु. 134.82 / 135.42
91D T-Bill:3.14%-0.05
CD Ratio:71.28%(Max 90%)
Interbank:2.75%
Total Deposits:रु. 7372 अर्ब
Loading Sponsor Unit...
English Dispatch: Translated from primary-source Nepali reporting (अर्थ अड्डा अनुसन्धान ब्यूरो).नेपाली मूल समाचार हेर्नुहोस् →
घटनाक्रमLive Timeline Tracker•October 11, 2026

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार उक्त पुल आयोजनालाई बुझाएको जनाएको छ। भोटेकोसीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्ने क्रममा सेनाले फलाकु खोलामा एक्रो ब्रिज निर्माण गरेको […]

Namita Dulal
Namita Dulal
Data & Economic Intelligence Bureau
Est. Read: 4 min|Primary Source Verified
बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण
Photo: Artha Adda Archivesघटनाक्रम

Event Chronology & Live Tracker

CHRONOLOGY0 Milestones

Milestones and chronological updates are recorded in the primary dossier above.

Source: Artha Adda Chronology BureauContinuously Updated

काठमाडौं । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

सेनाले आइतबार उक्त पुल आयोजनालाई बुझाएको जनाएको छ। भोटेकोसीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्ने क्रममा सेनाले फलाकु खोलामा एक्रो ब्रिज निर्माण गरेको हो।पुल निर्माण गर्नुअघि नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा रहेका कठिन चट्टान फुटाएर पहुँचमार्ग तयार पारेको थियो। त्यसपछि असोज २० गतेदेखि सुरु गरिएको पुल जडानको काम असोज २४ गते पूरा भएको सेनाले जनाएको छ।

नवनिर्मित पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ। यसले अधिकतम ४० टन भार बहन गर्न सक्ने क्षमता राख्छ।

पुल सञ्चालनमा आएसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका बासिन्दाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री र अन्य अत्यावश्यक वस्तु ढुवानी गर्न पनि सहयोग पुग्ने विश्वास लिइएको छ।

Loading Sponsor Unit...
SOURCE & TRANSPARENCY NOTE

All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.

Related Dispatches

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

Read Dispatch →Oct 23
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

Read Dispatch →Oct 15
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

Read Dispatch →Oct 15