LIVE RATE BOARD
NEPSE:2,528.16-19.44 (-0.76%)
USD/NPR:रु. 134.82 / 135.42
91D T-Bill:3.14%-0.05
CD Ratio:71.28%(Max 90%)
Interbank:2.75%
Total Deposits:रु. 7372 अर्ब
Loading Sponsor Unit...
English Dispatch: Translated from primary-source Nepali reporting (अर्थ अड्डा अनुसन्धान ब्यूरो).नेपाली मूल समाचार हेर्नुहोस् →
प्रमुख समाचारAdda Briefing•November 2, 2026

करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा

Namita Dulal
Namita Dulal
Data & Economic Intelligence Bureau
Est. Read: 1 min|Primary Source Verified
IN BRIEF

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेता घोषणा गरिएको हो। विभागका अनुसार बम्पर उपहारतर्फ १० लाख रुपैयाँका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ। त्यस्तै, दैनिक उपहारतर्फ १५ जना […]

करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा
Photo: Artha Adda Archivesप्रमुख समाचार

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेता घोषणा गरिएको हो।

विभागका अनुसार बम्पर उपहारतर्फ १० लाख रुपैयाँका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ। त्यस्तै, दैनिक उपहारतर्फ १५ जना विजेता छनोट भएका छन्। उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्ने छन्।

उपभोक्ताले खरिद गरेको बिलमा रहेको विवरण सम्बन्धित प्रणालीमा दर्ता गरेपछि उपहार योजनामा सहभागी हुन पाइने छ । सरकारले बिल लिने र त्यसलाई प्रणालीमा दर्ता गर्ने बानीको विकास गर्ने र कर प्रणालीमा सर्वसाधारणको सहभागिता बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।

Loading Sponsor Unit...
SOURCE & TRANSPARENCY NOTE

All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.

Related Dispatches

पुँजी बजार

युनिलिभर नेपालसहित तीन कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । तीनवटै कम्पनीले फरक–फरक दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । प्रस्तावित लाभांशमध्ये आरएसडिसी लघुवित्तले नगद लाभांश, हिमालयन लघुवित्तले बोनस सेयर र नगद लाभांश तथा युनिलिभर नेपालले […]

Read Dispatch →Nov 2
घटनाक्रम

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, […]

Read Dispatch →Nov 2
घटनाक्रम

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको […]

Read Dispatch →Nov 2