LIVE RATE BOARD
NEPSE:2,528.16-19.44 (-0.76%)
USD/NPR:रु. 134.82 / 135.42
91D T-Bill:3.14%-0.05
CD Ratio:71.28%(Max 90%)
Interbank:2.75%
Total Deposits:रु. 7372 अर्ब
Loading Sponsor Unit...
English Dispatch: Translated from primary-source Nepali reporting (अर्थ अड्डा अनुसन्धान ब्यूरो).नेपाली मूल समाचार हेर्नुहोस् →
बैंकिङ र वित्तीयData Intelligence•October 29, 2026

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै १ अर्ब ५ करोड कमाइ

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय प्रगति गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा, प्रतिसेयर आम्दानी, निक्षेप संकलन तथा स्वपुँजीमा प्रतिफललगायतका सूचकमा सुधार देखिएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो […]

Namita Dulal
Namita Dulal
Data Modeling & Benchmarks Desk
Est. Read: 4 min|Primary Source Verified

Primary Indicators & Data Highlights

RATE BOARD
पुनर्निर्माण / बजेट अनुमान
१ अर्ब
दर / अनुपात
१३१.१३%
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै १ अर्ब ५ करोड कमाइ
Photo: Artha Adda Archivesबैंकिङ र वित्तीय

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय प्रगति गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा, प्रतिसेयर आम्दानी, निक्षेप संकलन तथा स्वपुँजीमा प्रतिफललगायतका सूचकमा सुधार देखिएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ४५ करोड ४२ लाख रुपैयाँको तुलनामा १३१.१३ प्रतिशतले बढी हो ।

नाफामा भएको उल्लेख्य वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ १५ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । यसअनुसार बैंकको प्रतिसेयर आम्दानीमा १६ रुपैयाँ २ पैसाको वृद्धि भएको छ ।

त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) मा समेत सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७.६८ प्रतिशत रहेको आरओई चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १५.६० प्रतिशत पुगेको हो । यसले बैंकको स्वपुँजीबाट प्रतिफल आर्जन गर्ने क्षमतामा सुधार भएको संकेत गर्छ ।

बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ रुपैयाँ २७ पैसा रहेको यस्तो नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ रुपैयाँ ५८ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

व्यवसाय विस्तारका हिसाबले पनि बैंकले प्रगति गरेको देखिन्छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले वृद्धि भई २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । निक्षेपमा भएको वृद्धिले बैंकको वित्तीय स्रोत विस्तार भएको देखाउँछ ।

यस्तै, बैंकको खुद कर्जा तथा सापटी प्रवाह १.६९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलनको तुलनामा कर्जा विस्तारको गति भने सुस्त रहेको छ ।

यस अवधिमा बैंकको खराब कर्जाको अनुपातमा समेत सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर २.८६ प्रतिशतमा झरेको छ । यसरी एक वर्षको अवधिमा बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको हो ।

समग्रमा, सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा वृद्धि गर्नुका साथै प्रतिसेयर आम्दानी र स्वपुँजीमा प्रतिफल बढाउन सफल भएको छ । निक्षेप संकलनमा भएको विस्तार र खराब कर्जाको अनुपातमा आएको गिरावटले पनि बैंकको वित्तीय अवस्थामा सुधार आएको देखाएको छ ।

Loading Sponsor Unit...
SOURCE & TRANSPARENCY NOTE

All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.

Related Dispatches

पुँजी बजार

हिम पर्वत हाइड्रोपावरको आईपीओलाई इक्रा नेपालको डबल बी प्लस रेटिङ

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज (कात्तिक ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार […]

Read Dispatch →Oct 29
प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

Read Dispatch →Oct 23
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

Read Dispatch →Oct 15