बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा जुट्न यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई अपिल गरेको छ । महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो । बाढीको […]

घटना विकासक्रम तथा कालक्रम ट्रयाकर
यस घटनाका विभिन्न चरण र समयतालिका अनुसारका विवरणहरू माथि उल्लिखित प्रतिवेदनमा समेटिएका छन्।
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा जुट्न यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई अपिल गरेको छ ।
महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षा निकायबाट जारी निर्देशन पालना गर्न महासंघले अनुरोध गरेको छ ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा यस दुःखद घडीमा सबैले आ–आफ्नो स्थानबाट जोखिम न्यूनीकरण र उद्धार कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
महासंघले बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन यातायात व्यवसायी, यातायात मजदुरलगायत सम्पूर्ण सर्वसाधारणलाई सहयोगका लागि आह्वान गरेको छ ।
यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।