प्रत्यक्ष दरपाटी
नेप्से:2,528.16-19.44 (-0.76%)
डलर (खरिद/बिक्री):रु. 134.82 / 135.42
९१-दिने ट्रेजरी:3.14%-0.05
सिडी अनुपात:71.28%(सीमा ९०%)
अन्तरबैंक दर:2.75%
कुल निक्षेप:रु. 7372 अर्ब
Loading Sponsor Unit...
पुँजी बजारविशेष अनुसन्धान प्रतिवेदन•२०२६ अक्टोबर १४

विन्ध्यावासिनी हाइड्रोपावरलाई नेप्सेको झट्का, तीन दिनभित्र स्पष्टीकरण माग

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले मूल्य संवेदनशील सूचना ढिलो गरी उपलब्ध गराएको भन्दै विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार स्थगित गरेको छ। नेप्सेले कम्पनीलाई तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ। नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक गत असोज २६ गते दिउँसो ३ः३० बजे बसेको थियो। बैठकले वार्षिक साधारणसभा बोलाउने, बुक […]

Namita Dulal
Namita Dulal
तथ्यांक तथा विश्लेषण ब्यूरो
अनुमानित समय: ८ मिनेट गहन अध्ययन|प्राथमिक स्रोत पुष्टि

कार्यकारी सारांश र मुख्य निष्कर्ष

  • शेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने यी निर्णयबारे कम्पनीले निर्धारित समयभित्र नेप्सेलाई जानकारी गराउनुपर्ने थियो।
  • तर, कम्पनीले बैठकबाट भएका निर्णयको विवरण असोज २७ गते बेलुका ५ः५९ बजे मात्रै नेप्सेको अनलाइन कारोबार प्रणाली ९ल्इत्क्० मार्फत पठाएको पाइएको छ।
  • बजार बन्द भएपछि सूचना उपलब्ध गराइएको भन्दै नेप्सेले यसलाई नियमविपरीतको कार्य मानेको छ।
विन्ध्यावासिनी हाइड्रोपावरलाई नेप्सेको झट्का, तीन दिनभित्र स्पष्टीकरण माग
तस्बिर: अर्थ अड्डा अभिलेख / CMSपुँजी बजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले मूल्य संवेदनशील सूचना ढिलो गरी उपलब्ध गराएको भन्दै विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार स्थगित गरेको छ। नेप्सेले कम्पनीलाई तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ।

नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक गत असोज २६ गते दिउँसो ३ः३० बजे बसेको थियो। बैठकले वार्षिक साधारणसभा बोलाउने, बुक क्लोज गर्ने तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो। शेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने यी निर्णयबारे कम्पनीले निर्धारित समयभित्र नेप्सेलाई जानकारी गराउनुपर्ने थियो।

तर, कम्पनीले बैठकबाट भएका निर्णयको विवरण असोज २७ गते बेलुका ५ः५९ बजे मात्रै नेप्सेको अनलाइन कारोबार प्रणाली ९ल्इत्क्० मार्फत पठाएको पाइएको छ। बजार बन्द भएपछि सूचना उपलब्ध गराइएको भन्दै नेप्सेले यसलाई नियमविपरीतको कार्य मानेको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ ९१० अनुसार मूल्यमा प्रभाव पार्न सक्ने सूचना तथा निर्णय सम्बन्धित सूचीकृत कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार सुरु हुनुअघि नेप्सेमा पेस गर्नुपर्छ। विन्ध्यावासिनी हाइड्रोपावरले उक्त व्यवस्थाअनुसार समयमै सूचना नदिएको नेप्सेको ठहर छ।

यसै विषयलाई लिएर नेप्सेले २०८३ असोज २८ गतेको निर्णयअनुसार धितोपत्र सूचीकरण विनियमावलीको विनियम १६ ९१० ९ख० बमोजिम कम्पनीको शेयर कारोबार रोक्का गरेको जनाएको छ।

नेप्सेले कम्पनीलाई पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र सूचना ढिलो पठाउनुको कारण खुलाउँदै स्पष्टीकरण पेस गर्न भनेको छ। नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीद्वारा हस्ताक्षरित पत्रको बोधार्थ नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृतको सचिवालयलाई समेत पठाइएको छ।

पूँजी बजारमा सबै लगानीकर्ताले समान रूपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन मूल्य संवेदनशील विवरण समयमै सार्वजनिक गर्नु आवश्यक मानिन्छ। यस्तो व्यवस्था भित्री कारोबारको सम्भावना कम गर्न र बजारमा पारदर्शिता कायम राख्न लागू गरिएको हो।

Loading Sponsor Unit...
स्रोत र पारदर्शिता नीति

यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।

सम्बन्धित विश्लेषणहरू

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

पढ्नुहोस् →अक्टोबर २३
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

पढ्नुहोस् →अक्टोबर १५
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

पढ्नुहोस् →अक्टोबर १५