LIVE RATE BOARD
NEPSE:2,528.16-19.44 (-0.76%)
USD/NPR:रु. 134.82 / 135.42
91D T-Bill:3.14%-0.05
CD Ratio:71.28%(Max 90%)
Interbank:2.75%
Total Deposits:रु. 7372 अर्ब
Loading Sponsor Unit...
English Dispatch: Translated from primary-source Nepali reporting (अर्थ अड्डा अनुसन्धान ब्यूरो).नेपाली मूल समाचार हेर्नुहोस् →
पुँजी बजारAdda Briefing•November 2, 2026

युनिलिभर नेपालका सेयरधनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश पाउने

Namita Dulal
Namita Dulal
Data & Economic Intelligence Bureau
Est. Read: 1 min|Primary Source Verified
IN BRIEF

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ […]

युनिलिभर नेपालका सेयरधनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश पाउने
Photo: Artha Adda Archivesपुँजी बजार

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । बुक क्लोज हुनुअघि कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । प्रस्तावित लाभांश कम्पनीको सम्बन्धित साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

Loading Sponsor Unit...
SOURCE & TRANSPARENCY NOTE

All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.

Related Dispatches

प्रमुख समाचार

करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेता घोषणा गरिएको हो। विभागका अनुसार बम्पर उपहारतर्फ १० लाख रुपैयाँका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ। त्यस्तै, दैनिक उपहारतर्फ १५ जना […]

Read Dispatch →Nov 2
घटनाक्रम

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, […]

Read Dispatch →Nov 2
घटनाक्रम

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको […]

Read Dispatch →Nov 2