युनिलिभर नेपालसहित तीन कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?
काठमाडौं । युनिलिभर नेपाल लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । तीनवटै कम्पनीले फरक–फरक दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । प्रस्तावित लाभांशमध्ये आरएसडिसी लघुवित्तले नगद लाभांश, हिमालयन लघुवित्तले बोनस सेयर र नगद लाभांश तथा युनिलिभर नेपालले […]
Executive Summary & Core Takeaways
- आरएसडिसी लघुवित्तको ९.४० प्रतिशत नगद लाभांश आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कायम चुक्तापुँजीको ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
- कात्तिक १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले करसहित उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
- प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । तीनवटै कम्पनीले फरक–फरक दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
प्रस्तावित लाभांशमध्ये आरएसडिसी लघुवित्तले नगद लाभांश, हिमालयन लघुवित्तले बोनस सेयर र नगद लाभांश तथा युनिलिभर नेपालले नगद लाभांश वितरण गर्ने भएको छ ।
आरएसडिसी लघुवित्तको ९.४० प्रतिशत नगद लाभांश
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कायम चुक्तापुँजीको ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले करसहित उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
हिमालयन लघुवित्तको ५ प्रतिशत लाभांश
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले कायम चुक्तापुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
युनिलिभर नेपालको प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश
युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यसअनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गरिनेछ ।
All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.