LIVE RATE BOARD
NEPSE:2,528.16-19.44 (-0.76%)
USD/NPR:रु. 134.82 / 135.42
91D T-Bill:3.14%-0.05
CD Ratio:71.28%(Max 90%)
Interbank:2.75%
Total Deposits:रु. 7372 अर्ब
Loading Sponsor Unit...
English Dispatch: Translated from primary-source Nepali reporting (अर्थ अड्डा अनुसन्धान ब्यूरो).नेपाली मूल समाचार हेर्नुहोस् →
पुँजी बजारAdda Briefing•October 13, 2026

बेनी हाइड्रोपावरको १ करोड ४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ रेञ्ज

Namita Dulal
Namita Dulal
Data & Economic Intelligence Bureau
Est. Read: 1 min|Primary Source Verified
IN BRIEF

काठमाडौं । असोज २७ गते, मंगलबार बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको कुल १ करोड ४ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत शेयरमध्ये सर्वसाधारणका लागि निष्काशन गरिएको २० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूको ८३ लाख २० हजार कित्ता शेयर रहेका छन्। यससँगै कम्पनीको कुल शेयर संख्या १ […]

बेनी हाइड्रोपावरको १ करोड ४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ रेञ्ज
Photo: Artha Adda Archivesपुँजी बजार


काठमाडौं । असोज २७ गते, मंगलबार बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको कुल १ करोड ४ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेमा सूचीकृत शेयरमध्ये सर्वसाधारणका लागि निष्काशन गरिएको २० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूको ८३ लाख २० हजार कित्ता शेयर रहेका छन्। यससँगै कम्पनीको कुल शेयर संख्या १ करोड ४ लाख कित्ता पुगेको हो।

कम्पनीको शेयर अब बुधबार हुने स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएपछि नियमित बजारमा कारोबारका लागि उपलब्ध हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरलाई न्यूनतम ९१ रुपैयाँ २७ पैसादेखि अधिकतम २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ।

अब कम्पनीको शेयर दोस्रो बजारमा ‘BENHP’ टिकर संकेतमा कारोबार हुनेछ। लगानीकर्ताले स्पेशल प्रि–ओपन सेसनमा हुने पहिलो कारोबारपछि नियमित बजारमा समेत कम्पनीको शेयर खरिदबिक्री गर्न सक्नेछन्।

Loading Sponsor Unit...
SOURCE & TRANSPARENCY NOTE

All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.

Related Dispatches

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

Read Dispatch →Oct 23
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

Read Dispatch →Oct 15
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

Read Dispatch →Oct 15