वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको अग्रसरतामा प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री चौधरीका अनुसार भविष्यमा आवश्यकताअनुसार प्लान्टको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ ।
मन्त्रालयले ग्रीन युरिया उत्पादन उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानीमा काम गर्न चाहने समूह तथा कन्सोर्टियमसँग अवधारणा र कार्यान्वयनको मोडालिटीसम्बन्धी विस्तृत प्रस्ताव माग गरेको छ ।
प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता तथा परियोजना सञ्चालनका लागि आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुने अपेक्षा गरिएको छ ।
इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट ‘कन्सेप्ट डिटेल्स एन्ड मोडालिटिज’ सम्बन्धी फारम डाउनलोड गरी प्रस्ताव तयार गर्न सक्नेछन् ।
मन्त्रालयका अनुसार प्रस्ताव आगामी मंसिर १३ गते साँझ ५ बजेसम्म भौतिक रूपमा मन्त्रालयमा बुझाउन वा greenurea@moafe.gov.np इमेलमार्फत पठाउन सकिनेछ ।
ग्रीन युरिया प्लान्ट स्थापनासम्बन्धी प्रस्ताव आह्वानले परियोजनाको प्रविधि, लगानी र कार्यान्वयनको उपयुक्त ढाँचा पहिचान गर्न सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।
All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.