हिमालयन लघुवित्तले दिने भयो ५ प्रतिशत लाभांश
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले कायम चुक्तापूँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँको आधारमा ४ दशमलव ७५ […]
Primary Indicators & Data Highlights

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले कायम चुक्तापूँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा भने ६ दशमलव ६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यससँगै अघिल्लो वर्षको तुलनामा कम्पनीले यस वर्ष कम लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेमा सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
All figures and disclosures cited in this dispatch are cross-verified against official documents, institutional releases, and primary verified sources.