प्रत्यक्ष दरपाटी
नेप्से:2,528.16-19.44 (-0.76%)
डलर (खरिद/बिक्री):रु. 134.82 / 135.42
९१-दिने ट्रेजरी:3.14%-0.05
सिडी अनुपात:71.28%(सीमा ९०%)
अन्तरबैंक दर:2.75%
कुल निक्षेप:रु. 7372 अर्ब
Loading Sponsor Unit...
पुँजी बजारविशेष अनुसन्धान प्रतिवेदन•२०२६ सेप्टेम्बर २१

प्राविधिक समस्याका कारण शेयर कारोबार स्थगित भएपछि असोज १२ भित्र छानविनसहित प्रतिवेदन बुझाउन धितोपत्र बोर्डको निर्देशन

धितोपत्र कारोबार रोक्नुपर्ने अवस्था किन र कसरी सिर्जना भयो भन्नेबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुधारसहितको प्रतिवेदन २०८३ असोज १२ गतेभित्र पेश गर्न बोर्डले नेप्सेलाई स्पष्ट निर्देशन दिएको छ।

santosh
santosh
तथ्यांक तथा विश्लेषण ब्यूरो
अनुमानित समय: ८ मिनेट गहन अध्ययन|प्राथमिक स्रोत पुष्टि

कार्यकारी सारांश र मुख्य निष्कर्ष

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्या आएर धितोपत्र कारोबार स्थगित भएपछि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।
  • बोर्डले यस घटनाको छानबिन गर्न अध्ययन टोली गठन गर्नुका साथै नेप्सेलाई आगामी असोज १२ गतेभित्र सुधारसहितको प्रतिवेदन पेश गर्न कडा निर्देशन दिएको छ।
  • बोर्डका अनुसार २०८३ असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिप्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको थियो।
प्राविधिक समस्याका कारण शेयर कारोबार स्थगित भएपछि असोज १२ भित्र छानविनसहित प्रतिवेदन बुझाउन धितोपत्र बोर्डको निर्देशन
तस्बिर: अर्थ अड्डा अभिलेख / CMSपुँजी बजार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्या आएर धितोपत्र कारोबार स्थगित भएपछि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ। बोर्डले यस घटनाको छानबिन गर्न अध्ययन टोली गठन गर्नुका साथै नेप्सेलाई आगामी असोज १२ गतेभित्र सुधारसहितको प्रतिवेदन पेश गर्न कडा निर्देशन दिएको छ।

बोर्डका अनुसार २०८३ असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिप्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको थियो। उक्त समस्याका कारण असोज ५ गते धितोपत्र कारोबार नै स्थगित गर्नुपरेको जानकारी प्राप्त भएपछि बोर्डले चासो देखाएको हो।

धितोपत्र कारोबार रोक्नुपर्ने अवस्था किन र कसरी सिर्जना भयो भन्नेबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुधारसहितको प्रतिवेदन २०८३ असोज १२ गतेभित्र पेश गर्न बोर्डले नेप्सेलाई स्पष्ट निर्देशन दिएको छ। यसैबीच, प्राविधिकलगायतका समस्या पहिचान गर्न र कारोबार स्थगित हुनुको कारण पहिल्याउन बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली समेत खटाइसकिएको छ। धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार टोलीले पेश गर्ने सुझावका आधारमा आगामी दिनहरूमा नेपालको धितोपत्र बजारलाई अझ स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन थप कार्यहरू अगाडि बढाउन बोर्ड प्रतिबद्ध रहेको छ।

Loading Sponsor Unit...
स्रोत र पारदर्शिता नीति

यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।

सम्बन्धित विश्लेषणहरू

प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

पढ्नुहोस् →अक्टोबर १५
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

पढ्नुहोस् →अक्टोबर १५
घटनाक्रम

एआई, उद्यमशीलता र रोजगारी बढाउने संकल्पसहित पाँचौँ युवा उद्यमशीलता सम्मेलन सम्पन्न

काठमाडौं। एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रूपान्तरणको आधार बनाउने संकल्पसहित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौँ संस्करण सम्पन्न भएको छ ।नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको […]

पढ्नुहोस् →अक्टोबर १५