प्रत्यक्ष दरपाटी
नेप्से:2,528.16-19.44 (-0.76%)
डलर (खरिद/बिक्री):रु. 134.82 / 135.42
९१-दिने ट्रेजरी:3.14%-0.05
सिडी अनुपात:71.28%(सीमा ९०%)
अन्तरबैंक दर:2.75%
कुल निक्षेप:रु. 7372 अर्ब
Loading Sponsor Unit...
घटनाक्रमघटनाक्रम • प्रत्यक्ष ट्रयाकर•२०२६ अक्टोबर १४

अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर

काठमाडौं । अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लेटिनम प्रायोजकमा थप दुई कम्पनी जोडिएका छन्। आधुनिक कृषि प्रविधि तथा उपकरणको प्रवर्द्धनमा सक्रिय नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि प्रदर्शनीको प्लेटिनम प्रायोजक बनेका हुन्। यसअघि जी–सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजक बनेको थियो। आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, २०८३) काठमाडौंको […]

Namita Dulal
Namita Dulal
तथ्यांक तथा विश्लेषण ब्यूरो
अनुमानित समय: ४ मिनेट|प्राथमिक स्रोत पुष्टि
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
तस्बिर: अर्थ अड्डा अभिलेख / CMSघटनाक्रम

घटना विकासक्रम तथा कालक्रम ट्रयाकर

प्रत्यक्ष कालक्रम0 मुख्य घटनाहरू

यस घटनाका विभिन्न चरण र समयतालिका अनुसारका विवरणहरू माथि उल्लिखित प्रतिवेदनमा समेटिएका छन्।

स्रोत: अर्थ अड्डा घटनाक्रम ब्यूरोनिरन्तर अद्यावधिक

काठमाडौं । अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लेटिनम प्रायोजकमा थप दुई कम्पनी जोडिएका छन्। आधुनिक कृषि प्रविधि तथा उपकरणको प्रवर्द्धनमा सक्रिय नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि प्रदर्शनीको प्लेटिनम प्रायोजक बनेका हुन्। यसअघि जी–सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजक बनेको थियो।

आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, २०८३) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ प्रदर्शनीमा यी तीनवटै कम्पनीले सहकार्य गर्ने भएका छन्। ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

विश्वप्रसिद्ध कम्पनीहरूका आधुनिक कृषि यन्त्र तथा उपकरण नेपाली किसानहरूमाझ उपलब्ध गराउँदै आएको नेपाल ट्रेड होस्ट प्रा. लि. अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लाटिनम प्रायोजक बनेको छ।

कम्पनीले साना, मझौला तथा ठूला आकारका विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरण नेपाली किसानहरूमाझ उपलब्ध गराउँदै आएको छ। आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्दै कृषि कार्यलाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन कम्पनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

त्यस्तै, १५ वर्षभन्दा बढी अनुभव हासिल गरेको शलोम एग्रिकल्चर प्रा. लि. ले नेपाली कृषकहरूमाझ आधुनिक कृषि प्रविधि तथा सामग्रीको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले मल्चिङ, ग्रीनहाउस, सेड नेट, असिना छेक्ने जाली, थोपा सिँचाइ, फगर सिँचाइ तथा स्प्रिंकलर सिँचाइ प्रणालीजस्ता आधुनिक कृषि प्रविधि उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी, कम्पनीले कोकोपिट, पिटमस लगायतका कृषि सब्सट्रेट तथा बायोमिनरल मलजस्ता कृषि सामग्रीको प्रवर्द्धन र आपूर्तिमा समेत काम गर्दै आएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि उत्पादनलाई प्रभावकारी बनाउने र कृषकलाई प्रविधिमैत्री खेती प्रणालीतर्फ प्रोत्साहित गर्ने कार्यमा कम्पनीले योगदान पुर्‍याउँदै आएको छ ।

यसअघि प्लेटिनम प्रायोजक बनेको जी–सेभेन एग्रिकल्चर प्रालि नेपालमा आधुनिक कृषि प्रविधि विस्तारमा सक्रिय कम्पनी हो। विशेषगरी थोपा सिँचाइ, स्प्रिंकलर सिँचाइ र आधुनिक ग्रीनहाउस प्रविधिमा कम्पनीले विशिष्ट पहिचान बनाएको छ। इजरायलमा सात वर्षभन्दा बढी समय कृषि क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरी सन् २०११ मा नेपाल फर्किएका अर्जुन प्रसाद लुइँटेलसहितको टोलीले कम्पनी स्थापना गरेको हो। कम्पनीले ललितपुरको हरिसिद्धीस्थित आफ्नै फेब्रिकेसन सुविधामार्फत आधुनिक ग्रीनहाउस निर्माण तथा उत्पादन गर्दै आएको छ।

हाल जी–सेभेनले नेपालका ६५ भन्दा बढी जिल्लामा आफ्ना प्रविधिको पहुँच विस्तार गरेको छ। कम्पनीमा ६० जनाभन्दा बढी दक्ष प्राविधिक तथा विशेषज्ञ कार्यरत छन् भने देशभर ६० भन्दा बढी डिलर तथा सेवा साझेदारमार्फत किसानलाई सेवा प्रदान गरिँदै आएको छ।

कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनी कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा सञ्चालन हुनेछ। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहने प्रदर्शनीमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन्।

प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। नामियाका सचिव श्रीकृष्ण अधिकारीका अनुसार प्रदर्शनीमार्फत किसान, कृषि उद्यमी तथा व्यवसायीलाई आधुनिक कृषि यन्त्र, उपकरण र नवीनतम प्रविधिबारे जानकारी उपलब्ध गराइनेछ। यसले कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन तथा कृषि यान्त्रीकरणको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Loading Sponsor Unit...
स्रोत र पारदर्शिता नीति

यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।

सम्बन्धित विश्लेषणहरू

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

पढ्नुहोस् →अक्टोबर २३
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

पढ्नुहोस् →अक्टोबर १५
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

पढ्नुहोस् →अक्टोबर १५