प्रत्यक्ष दरपाटी
नेप्से:2,528.16-19.44 (-0.76%)
डलर (खरिद/बिक्री):रु. 134.82 / 135.42
९१-दिने ट्रेजरी:3.14%-0.05
सिडी अनुपात:71.28%(सीमा ९०%)
अन्तरबैंक दर:2.75%
कुल निक्षेप:रु. 7372 अर्ब
Loading Sponsor Unit...
प्रमुख समाचार•२०२६ अक्टोबर १५

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

Namita Dulal
Namita Dulal
तथ्यांक तथा विश्लेषण ब्यूरो
अनुमानित समय: ४ मिनेट|प्राथमिक स्रोत पुष्टि
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
तस्बिर: अर्थ अड्डा अभिलेख / CMSप्रमुख समाचार

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् ।

३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । तर, हालै आएको विनाशकारी बाढीले उनको कारखाना पूर्ण रूपमा बगाएपछि उनी रोजगारी र आम्दानीको स्रोतबाट वञ्चित भएकी थिइन् ।

पाँच सदस्यीय परिवारको जीविकोपार्जनको जिम्मेवारी सम्हाल्दै आएकी मिजारलाई बाढीका कारण क्षतिग्रस्त व्यवसाय पुनः सञ्चालन गर्न आर्थिक कठिनाइ भइरहेको थियो ।

बाढीपीडितको आर्थिक पुनरुत्थान तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले घिमिरेले सामाजिक उत्तरदायित्वअन्तर्गत मिजारलाई निःशुल्क मेसिन उपलब्ध गराएका हुन् ।

मेसिन प्राप्त भएपछि मिजारलाई पुनः घरेलु व्यवसाय सञ्चालन गरी आम्दानीको स्रोत जुटाउन र परिवारको जीविकोपार्जन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाढीबाट प्रभावित परिवारलाई आत्मनिर्भर बनाउन गरिएको यस सहयोगप्रति स्थानीयवासी तथा पीडित परिवारले घिमिरे र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घप्रति आभार व्यक्त गरेका छन् ।

Loading Sponsor Unit...
स्रोत र पारदर्शिता नीति

यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।

सम्बन्धित विश्लेषणहरू

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

पढ्नुहोस् →अक्टोबर २३
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

पढ्नुहोस् →अक्टोबर १५
घटनाक्रम

एआई, उद्यमशीलता र रोजगारी बढाउने संकल्पसहित पाँचौँ युवा उद्यमशीलता सम्मेलन सम्पन्न

काठमाडौं। एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रूपान्तरणको आधार बनाउने संकल्पसहित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौँ संस्करण सम्पन्न भएको छ ।नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको […]

पढ्नुहोस् →अक्टोबर १५