प्रत्यक्ष दरपाटी
नेप्से:2,528.16-19.44 (-0.76%)
डलर (खरिद/बिक्री):रु. 134.82 / 135.42
९१-दिने ट्रेजरी:3.14%-0.05
सिडी अनुपात:71.28%(सीमा ९०%)
अन्तरबैंक दर:2.75%
कुल निक्षेप:रु. 7372 अर्ब
Loading Sponsor Unit...
पुँजी बजारविशेष अनुसन्धान प्रतिवेदन•२०२६ अक्टोबर १३

माउन्टेन इनर्जीको लाभांश घोषणा, कात्तिक २० मा साधारण सभा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश […]

Namita Dulal
Namita Dulal
तथ्यांक तथा विश्लेषण ब्यूरो
अनुमानित समय: ८ मिनेट गहन अध्ययन|प्राथमिक स्रोत पुष्टि

कार्यकारी सारांश र मुख्य निष्कर्ष

  • प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
  • सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, पाँच जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
  • काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट, केटरिङ एण्ड इभेन्ट्समा बिहान १०:३० बजे सुरु हुने सभामा लाभांश प्रस्ताव पारित गर्ने लगायतका विभिन्न एजेन्डामाथि छलफल हुनेछ।
माउन्टेन इनर्जीको लाभांश घोषणा, कात्तिक २० मा साधारण सभा
तस्बिर: अर्थ अड्डा अभिलेख / CMSपुँजी बजार


काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट, केटरिङ एण्ड इभेन्ट्समा बिहान १०:३० बजे सुरु हुने सभामा लाभांश प्रस्ताव पारित गर्ने लगायतका विभिन्न एजेन्डामाथि छलफल हुनेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, पाँच जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। बुकक्लोज मितिभन्दा अघिल्लो दिन अर्थात् कात्तिक ९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र कम्पनीको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Loading Sponsor Unit...
स्रोत र पारदर्शिता नीति

यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।

सम्बन्धित विश्लेषणहरू

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

पढ्नुहोस् →अक्टोबर २३
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

पढ्नुहोस् →अक्टोबर १५
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

पढ्नुहोस् →अक्टोबर १५