प्रत्यक्ष दरपाटी
नेप्से:2,528.16-19.44 (-0.76%)
डलर (खरिद/बिक्री):रु. 134.82 / 135.42
९१-दिने ट्रेजरी:3.14%-0.05
सिडी अनुपात:71.28%(सीमा ९०%)
अन्तरबैंक दर:2.75%
कुल निक्षेप:रु. 7372 अर्ब
Loading Sponsor Unit...
प्रमुख समाचारविशेष अनुसन्धान प्रतिवेदन•२०२६ अक्टोबर १५

महिला उद्यमशीलताको साझा पहिचान बन्दै ‘म उद्यमी’

काठमाडौं । महिला उद्यमी महासंघ नेपाल(एफडब्लुइएएन)ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ । एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला उद्यमीका उत्पादनलाई ‘म उद्यमी’ ट्रेडमार्कमार्फत प्रवद्र्धन तथा बजारीकरण गर्ने अभियान अघि बढाइएको जानकारी दिएको हो । महासंघका अनुसार नेपाल सरकारबाट प्राप्त सामूहिक चिन्हमार्फत देशभरका महिला […]

Namita Dulal
Namita Dulal
तथ्यांक तथा विश्लेषण ब्यूरो
अनुमानित समय: ८ मिनेट गहन अध्ययन|प्राथमिक स्रोत पुष्टि

कार्यकारी सारांश र मुख्य निष्कर्ष

  • महिला उद्यमी महासंघ नेपालले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास तथा प्रवद्र्धन र महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।
  • महासंघले ‘म उद्यमी’ ट्रेडमार्क अंकित वस्तुलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकताका साथ खरिद गर्न पहल गर्ने जनाएको छ ।
  • यसबाट महिला उद्यमीका उत्पादनको दृश्यता तथा पहिचान बढाउनुका साथै ग्राहकमा उत्पादनप्रति विश्वास सिर्जना हुने महासंघको अपेक्षा छ ।
महिला उद्यमशीलताको साझा पहिचान बन्दै ‘म उद्यमी’
तस्बिर: अर्थ अड्डा अभिलेख / CMSप्रमुख समाचार

काठमाडौं । महिला उद्यमी महासंघ नेपाल(एफडब्लुइएएन)ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ ।

एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला उद्यमीका उत्पादनलाई ‘म उद्यमी’ ट्रेडमार्कमार्फत प्रवद्र्धन तथा बजारीकरण गर्ने अभियान अघि बढाइएको जानकारी दिएको हो ।

महासंघका अनुसार नेपाल सरकारबाट प्राप्त सामूहिक चिन्हमार्फत देशभरका महिला स्वामित्व वा महिला नेतृत्वमा सञ्चालित उद्यमका उत्पादनलाई एउटै ट्रेडमार्कबाट पहिचान गराउने उद्देश्य राखिएको छ । यसबाट महिला उद्यमीका उत्पादनको दृश्यता तथा पहिचान बढाउनुका साथै ग्राहकमा उत्पादनप्रति विश्वास सिर्जना हुने महासंघको अपेक्षा छ ।

महिला उद्यमी महासंघ नेपालले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास तथा प्रवद्र्धन र महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।

‘म उद्यमी’ ट्रेडमार्कसहित आयोजना हुने प्रदर्शनीमा देशका विभिन्न जिल्लाका १०० भन्दा बढी महिला उद्यमीका उत्पादन प्रदर्शन गरिने महासंघले जनाएको छ । प्रदर्शनीमा करिब १०० वटा स्टल रहनेछन् । प्रदर्शनीमा प्राकृतिक रेसाजन्य वस्तु, ढाकाका सामग्री, गलैँचा, हाते कागजका सामान, जैविक खाद्य पदार्थ, कृषिजन्य उत्पादन, विभिन्न प्रकारका मूर्ति, गरगहना तथा सजावटका सामग्री राखिनेछन् ।

महासंघले विशेषगरी नेपालमा उपलब्ध स्थानीय कच्चा पदार्थमा आधारित कृषि तथा हस्तकलाका उत्पादन र मूल्य शृंखलामा आधारित वस्तुलाई प्राथमिकता दिइएको जनाएको छ । प्रदर्शनीमा विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी तथा व्यवसायीका साथै निर्यातकर्ताहरूको समेत सहभागिता रहनेछ ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन, ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण गर्न सहयोग पुग्ने जनाएको छ ।

त्यस्तै, महिला उद्यमीका उत्पादनको गुणस्तर सुधार गर्न प्रोत्साहन गर्ने, व्यवसायिक पहिचान सुदृढ गर्ने तथा साझा ब्रान्डिङ प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखिएको छ ।

महासंघका अनुसार ‘म उद्यमी’ ट्रेडमार्क योग्य र आधिकारिक महिला उद्यमीले स्वीकृति लिएर मात्र प्रयोग गर्ने व्यवस्था गरिनेछ । यसले महिला उद्यमीका उत्पादनको गुणस्तर र विश्वसनीयता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्क अंकित वस्तुलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकताका साथ खरिद गर्न पहल गर्ने जनाएको छ । स्थानीय, प्रदेश र संघीय तहमा यस्ता उत्पादनको बजारीकरण सहज बनाउने, स्थानीय स्रोतसाधन, सीप तथा पूँजीको अधिकतम सदुपयोग गर्ने तथा उत्पादन र बजारीकरणका लागि औद्योगिक ग्राम स्थापना गर्न सरकारसँग बजेट विनियोजनका लागि पैरवी गर्ने महासंघको योजना छ ।

त्यस्तै, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोग भएका उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न तहमा प्रदर्शनी तथा बिक्रीस्थल स्थापना गर्न पहल गर्ने र उत्पादनको गुणस्तर वृद्धिका लागि तालिम सञ्चालन गर्न सरकारी बजेट विनियोजनका लागि पैरवी गर्ने महासंघले जनाएको छ ।

महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अवलोकन भ्रमण तथा ‘लर्निङ भिजिट’ मा सहभागी गराउन सरकारबाट सहयोगका लागि समेत पहल गरिने बताइएको छ ।

महासंघले ‘म उद्यमी’ अभियानलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी महिला उद्यमशीलताको प्रवद्र्धन, सामाजिक तथा आर्थिक सशक्तीकरण, अनुभव आदानप्रदान र नयाँ बजारसँग महिला उद्यमीलाई जोड्ने महत्वपूर्ण अभियानका रूपमा विकास गर्ने जनाएको छ ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनको साझा पहिचान निर्माणसँगै महिला उद्यमीबीचको एकता र सामूहिक ब्रान्डिङलाई समेत प्रवद्र्धन गर्न खोजिएको जनाएको छ ।

Loading Sponsor Unit...
स्रोत र पारदर्शिता नीति

यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।

सम्बन्धित विश्लेषणहरू

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

पढ्नुहोस् →अक्टोबर २३
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

पढ्नुहोस् →अक्टोबर १५
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

पढ्नुहोस् →अक्टोबर १५