प्रत्यक्ष दरपाटी
नेप्से:2,528.16-19.44 (-0.76%)
डलर (खरिद/बिक्री):रु. 134.82 / 135.42
९१-दिने ट्रेजरी:3.14%-0.05
सिडी अनुपात:71.28%(सीमा ९०%)
अन्तरबैंक दर:2.75%
कुल निक्षेप:रु. 7372 अर्ब
Loading Sponsor Unit...
घटनाक्रमघटनाक्रम • प्रत्यक्ष ट्रयाकर•२०२६ नोभेम्बर २

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, […]

Namita Dulal
Namita Dulal
तथ्यांक तथा विश्लेषण ब्यूरो
अनुमानित समय: ४ मिनेट|प्राथमिक स्रोत पुष्टि
एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
तस्बिर: अर्थ अड्डा अभिलेख / CMSघटनाक्रम

घटना विकासक्रम तथा कालक्रम ट्रयाकर

प्रत्यक्ष कालक्रम0 मुख्य घटनाहरू

यस घटनाका विभिन्न चरण र समयतालिका अनुसारका विवरणहरू माथि उल्लिखित प्रतिवेदनमा समेटिएका छन्।

स्रोत: अर्थ अड्डा घटनाक्रम ब्यूरोनिरन्तर अद्यावधिक

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् ।

प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने सुविधा ल्याएको थियो ।

नयाँ सुविधामार्फत प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति सामग्री, स्प्रेडसिट, कोडलगायतका समर्थित फाइल जेमिनाई एप नछाडीकन सम्पादन गर्न सक्नेछन् । फाइललाई पूर्ण स्क्रिनमा खोलेर सामग्री परिवर्तन गर्न सकिनेछ ।

त्यस्तै, फाइलको कुनै निश्चित अंश छानेर त्यसबारे प्रश्न सोध्न, पाठ वा दृश्य सामग्री परिमार्जन गर्न र सम्पादनकै क्रममा थप निर्देशन दिन सकिनेछ । यसले एआईबाट तयार पारिएको सामग्रीलाई आवश्यकताअनुसार सुधार गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

यद्यपि, सबै फाइल सम्पादन सुविधा मोबाइलमा उपलब्ध छैनन् । पीडीएफ हेर्ने र सम्पादन गर्ने सुविधा वेब तथा मोबाइल दुवै संस्करणमा उपलब्ध छ । गुगल डक्स, गुगल सिट्स, स्लाइड, मार्कडाउन, टीएक्सटी र कोड फाइल सम्पादन गर्ने सुविधा भने हाल वेब संस्करणमा मात्र उपलब्ध रहेको जीएसएम एरिनाले जनाएको छ । 

गुगलका अनुसार नयाँ सुविधा जेमिनाई प्रयोग गर्ने सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यो सुविधा जेमिनाई एपमा उपलब्ध सबै भाषामा प्रयोग गर्न सकिनेछ । नयाँ सुविधाले सामग्री निर्माणदेखि सम्पादनसम्मको काम एउटै च्याटमा गर्न सकिने बनाएको छ । यसबाट प्रयोगकर्ताले जेमिनाई र अन्य सम्पादन उपकरणबीच पटकपटक आवतजावत गर्नुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ । एएनआई

Loading Sponsor Unit...
स्रोत र पारदर्शिता नीति

यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।

सम्बन्धित विश्लेषणहरू

पुँजी बजार

युनिलिभर नेपालसहित तीन कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । तीनवटै कम्पनीले फरक–फरक दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । प्रस्तावित लाभांशमध्ये आरएसडिसी लघुवित्तले नगद लाभांश, हिमालयन लघुवित्तले बोनस सेयर र नगद लाभांश तथा युनिलिभर नेपालले […]

पढ्नुहोस् →नोभेम्बर २
प्रमुख समाचार

करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेता घोषणा गरिएको हो। विभागका अनुसार बम्पर उपहारतर्फ १० लाख रुपैयाँका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ। त्यस्तै, दैनिक उपहारतर्फ १५ जना […]

पढ्नुहोस् →नोभेम्बर २
घटनाक्रम

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको […]

पढ्नुहोस् →नोभेम्बर २