प्रत्यक्ष दरपाटी
नेप्से:2,528.16-19.44 (-0.76%)
डलर (खरिद/बिक्री):रु. 134.82 / 135.42
९१-दिने ट्रेजरी:3.14%-0.05
सिडी अनुपात:71.28%(सीमा ९०%)
अन्तरबैंक दर:2.75%
कुल निक्षेप:रु. 7372 अर्ब
Loading Sponsor Unit...
घटनाक्रमघटनाक्रम • प्रत्यक्ष ट्रयाकर•२०२६ अक्टोबर १२

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम

काठमाडौं । खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्यसहित सप्ताहव्यापी विश्व खाद्य दिवस २०८३ का कार्यक्रम सुरु भएका छन्। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौंमा विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम सुरु भएका हुन्। ‘इनोभेट टुडे, नरिस टुमोरो’ (आज नवीनता अपनाऔँ, भोलि पोषण सुनिश्चित गरौँ) भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य […]

Namita Dulal
Namita Dulal
तथ्यांक तथा विश्लेषण ब्यूरो
अनुमानित समय: ४ मिनेट|प्राथमिक स्रोत पुष्टि
सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम
तस्बिर: अर्थ अड्डा अभिलेख / CMSघटनाक्रम

घटना विकासक्रम तथा कालक्रम ट्रयाकर

प्रत्यक्ष कालक्रम0 मुख्य घटनाहरू

यस घटनाका विभिन्न चरण र समयतालिका अनुसारका विवरणहरू माथि उल्लिखित प्रतिवेदनमा समेटिएका छन्।

स्रोत: अर्थ अड्डा घटनाक्रम ब्यूरोनिरन्तर अद्यावधिक


काठमाडौं । खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्यसहित सप्ताहव्यापी विश्व खाद्य दिवस २०८३ का कार्यक्रम सुरु भएका छन्। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौंमा विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम सुरु भएका हुन्।

‘इनोभेट टुडे, नरिस टुमोरो’ (आज नवीनता अपनाऔँ, भोलि पोषण सुनिश्चित गरौँ) भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसका कार्यक्रमले जलवायुजन्य विपद्का कारण कृषि, खाद्य प्रणाली, किसानको जीविकोपार्जन तथा समुदायमा परेको प्रभावलाई मुख्य विषय बनाएको छ।

४६औँ विश्व खाद्य दिवसको अवसरमा आइतबार काठमाडौंको बबरमहलस्थित साप फाल्चामा ‘आर्टिभिज्म’ अर्थात् कलामार्फत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिएको छ। सोही स्थानमा पत्रकार सम्मेलनसमेत आयोजना गरी खाद्य सम्प्रभुता, जलवायु न्याय र जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा ध्यानाकर्षण गराइएको छ।

कार्यक्रमअन्तर्गत सोमबार काठमाडौंको वसन्तपुरस्थित शिवपार्वती डबलीमा दिउँसो ४ बजे सडक नाटक प्रस्तुत गरिनेछ। नाटकमार्फत कृषि, खाद्य अधिकार, जलवायु परिवर्तन र किसानका सवाललाई सार्वजनिक बहसमा ल्याउने लक्ष्य राखिएको छ।

त्यसैगरी, असोज २७ गते मंगलबार दिउँसो १ देखि ५ बजेसम्म हरिहरभवनस्थित कृषि विभागमा ‘खाना र खेतीपातीका यक्ष प्रश्नहरू’ शीर्षकमा बहस, नाटक, रचनात्मक प्रस्तुति तथा पोस्टर र कला प्रदर्शनी आयोजना गरिनेछ।

विश्व खाद्य दिवसकै सन्दर्भमा असोज २८ गते एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज) र खाद्यका लागि कृषि अभियानको संयुक्त आयोजनामा बहस कार्यक्रमसमेत आयोजना गरिनेछ। उक्त कार्यक्रममा कृषि तथा खाद्य प्रणालीका चुनौती, जलवायुजन्य विपद्ले किसानको जीविकोपार्जनमा पारेको प्रभाव, खाद्य सम्प्रभुता र जलवायु न्यायका विषयमा छलफल गरिनेछ।

यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज ३० गते विश्व खाद्य दिवसको मुख्य कार्यक्रम आयोजना गर्नेछ। उक्त कार्यक्रममा खाद्यका लागि कृषि अभियानको समेत उपस्थिति रहनेछ।

खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आयोजना भइरहेका यी कार्यक्रमले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका समस्या र खाद्य प्रणालीमा परेका असरबारे जनचेतना अभिवृद्धि गर्नुका साथै किसानका सवाललाई सार्वजनिक बहसमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

विश्व खाद्य दिवस हरेक वर्ष अक्टोबर १६ मा मनाइन्छ। भोकमरी अन्त्य, खाद्य सुरक्षा सुनिश्चितता तथा सबैका लागि पर्याप्त र पोषणयुक्त खानाको पहुँच स्थापित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

Loading Sponsor Unit...
स्रोत र पारदर्शिता नीति

यस आलेखमा उल्लिखित सम्पूर्ण तथ्य तथा तथ्यांकहरू सम्बन्धित निकाय, आधिकारिक दस्तावेज एवं प्राथमिक स्रोतबाट संकलन तथा प्रमाणीकरण गरिएको हो।

सम्बन्धित विश्लेषणहरू

प्रमुख समाचार

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

पढ्नुहोस् →अक्टोबर २३
प्रमुख समाचार

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

पढ्नुहोस् →अक्टोबर १५
नीति र कानुन

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा पेस गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग प्रस्ताव आह्वान गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री […]

पढ्नुहोस् →अक्टोबर १५